सेयर

नेप्से ३१ अंकले घट्यो, कारोबार रकम १.४६ अर्ब

इकागज |
चैत २०, २०७८ आइतबार १५:२१ बजे

काठमाडौँ - साताको पहिलो दिन सेयर बजार ३१ अंकले ओरालो लागेको छ। आइतबार नेप्से ३०.८९ अंकले गिरावट आएको हो । पहिलो कारोबारको दिन बजारमा तीव्र उतारचढावबीच बजार ३१ अंक तल ओर्लिएको छ ।

आइतबार २५४४.३० परिसूचक विन्दुबाट सुरु भएको कारोबार बजार बन्द हुने बेलामा २५१३.४१ अंकमा पुगेर बजार बन्द भएको छ । अर्थात आज नेप्से परिसूचक १.२१ प्रतिशत तथा 'क' वर्गका कम्पनीहरू सेयर मूल्य मापक सेन्सेटिभ परिसूचक १.३५ प्रतिशत अर्थात ६.४४ अंकले घटेर ४६९ दशमलव ०३ अंकमा ओर्लिएको छ ।


 

बजारसँगै कारोबार रकममा पनि आज उल्लेख्य गिरावट आएको छ। गत आइतबार करिब ५ अर्बको कारोबार भएको बजारमा आज कारोबार भएका २ सय २५ कम्पनीको सेयर कारोबारमा १ अर्ब ४६ करोड ७ लाख  ७३ हजार ७ सय २९ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। आज ३२ लाख ५३ हजार ८ सय १६ कित्ता सेयर २८ हजार १ सय १३ पटकको कारोबारमा खरिद बिक्री भएको छ ।

समूहगत परिसूचकमा म्यचुअल फण्ड समूह समूहबाहेक अन्य १२ समूहको सेयर मूल्य घटेको छ । आज म्युचुअल फण्ड समूहमा भने कुनै परिवर्तन भएन। समूहगत उपसूचकमा सबैभन्दा धेरै अन्य समूहको सेयर ३.१३ प्रतिशतले घटेको छ।

३१ अंकले बजार घट्दा आज कारोबार भएका १९ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ७२ कम्पनीको सेयर मूल्य घटेको छ ।

आजको कारोबारमा राष्ट्र उत्थान लघुवित्त सेयर मूल्यले सर्किट ब्रेक लागेको छ। अन्य बढी कमाउने कम्पनीमा इमर्जीङ नेपाल, नेष्डो समृद्ध लघुवित्त , जाल्पा सामुदायिक लघुवित्त, एनआइबिएल समृद्धि  फण्ड लगायतका कम्पनी रहेका छन् ।

आज सर्वाधिक कारोबार हुनेमा सूर्य लाइफ इन्स्योरेन्स, सिदार्थ इन्स्योरेन्स, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेसन लगायतका कम्पनी रहेका छन् ।

आजको कारोबारमा सर्वाधिक गुमाउने पाँच कम्पनीमा युनाइटेड आइडी आई मार्दी हाइड्रो पावर, सूर्य लाइफ इन्स्योरेन्स, सामलीङ पावर कम्पनी, हिमालय ऊर्जा विकास कम्पनी तथा नेपाल दुरसञ्चार कम्पनी रहेका छन् ।

 

 


Author

थप समाचार
x