सेयर

सेयर बजारको ओरालो यात्रा

सेयर बजार ४६ अंकले घट्यो, २ कम्पनीको सेयरमा सर्किट ब्रेकर

इकागज |
चैत २२, २०७८ मंगलबार १५:२७ बजे

काठमाडौँ- साताको तेस्रो कारोबारको दिन सेयर बजार ४६.४६ अंकले घटेको छ । केही सातादेखि निरन्तर गिरावट देखिएकाे सेयर बजारमा मंगलबारको कारोबारमा पनि गिरावट देखिएको हो । सोमबारको कारोबारमा १५ अंकले घटेको नेप्से आज ४६ अंकले घटेको हो ।

मंगलबार २४९८.५३ अंकबाट सुरु भएको बजार बन्द हुने बेलामा २४५२.०६ अंकमा ओर्लिएको छ। अर्थात आज नेप्से परिसूचक १.८६ प्रतिशत तथा 'क' वर्गका कम्पनीहरू सेयर मूल्य मापक सेन्सेटिभ परिसूचक १.७९ प्रतिशत अर्थात ८.३४ अंकले घटेर ४५८ दशमलव २२ अंकमा ओर्लिएको छ ।


सोमबार १ अर्ब ८४ करोड रूपैयाँ बराबरको कारोबार भएको बजारमा आज भने केही सुधार भएको छ। आज कारोबार भएका २ सय २८ कम्पनीको सेयर कारोबारमा २ अर्ब ६७ करोड १२ लाख  ३२ हजार ३ सय ८८ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। आज ५८ लाख ४१ हजार ९ सय ९८ कित्ता सेयर ४५ हजार ८ सय ९४ पटकको कारोबारमा खरिद बिक्री भएको छ ।

समूहगत परिसूचकमा होटेल तथा पर्यटन समूह समूहबाहेक अन्य १२ समूहको सेयर मूल्य घटेको छ ।  आजको कारोबारमा सबैभन्दा बढी अन्य तथा बीमाका सेयर धनीले गुमाएका छन् । अन्य समूह ३ दशमलव ६६ तथा जीवन बीमा समूह ३ दशमलव १ प्रतिशतले घट्न पुगेको छ ।

४६ अंकले बजार घट्दा आज कारोबार भएका जम्मा १० कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ८३ कम्पनीको सेयर मूल्य घटेको छ ।

आजको कारोबारमा राष्ट्र उत्थान लघुवित्त तथा नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्यले सर्किट ब्रेक लागेको छ। अन्य बढी कमाउने कम्पनीमा जाल्पा सामुदायिक लघुवित्त, युनिलिभर नेपाल लिमिटेड, एनसिसि डिबेन्चर, सोल्टी होटेल लिमिटेड लगायतका कम्पनी रहेका छन् ।

आज सर्वाधिक कारोबार हुनेमा  नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल लाइफ इन्स्योरेन्स, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट, अपी पावर कम्पनी लगायतका रहेका छन् ।

आजको कारोबारमा सर्वाधिक गुमाउने पाँच कम्पनीमा इमर्जिङ नेपाल, नारायणी डेभलपमेन्ट बैंक, युनाइटेड आइडी आई मार्दी हाइड्रो पावर, जेनरल इन्स्योरेन्स कम्पनी तथा नेपाल दुरसञ्चार कम्पनी रहेका छन् ।

 


Author

थप समाचार
x