Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

सेयर

बिहीबार सेयर बजार ३५ अंकले सुधार, २ कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेक

इकागज |
चैत २४, २०७८ बिहीबार १५:२७ बजे

काठमाडौँ - साताको पहिलो कारोबारको दिनदेखि घट्न थालेको सेयर बजार अन्तिम कारोबारको दिनमा भने सुधार देखिएको छ । बिहीबार नेप्से ३५.६६ अंकले बढेर साताको बजार बन्द भएको हो । गत हप्ताको बुधबार कारोबारमा सुधार देखिएर २५६८.२५ रहेको बजार परिसूचक त्यसपछि लगातार घट्दै हिजो बुधबार २४२८.७५ अंकमा ओर्लिएको थियो ।

आज बिहीबार २४२८.७५ अंकबाट सुरु भएको बजार बजार बन्द हुने बेलामा २४५९.७८ अंकमा पुगेर साताको लागि बजार बन्द भएको छ । नेप्से परिसूचक १.४७ प्रतिशतले उकालो चढेको छ भने 'क' वर्गका कम्पनीहरू सेयर मूल्य मापक सेन्सेटीभ परिसूचक १.७९ प्रतिशत अर्थात ८.१३ अंकले बढेर ४६३ दशमलव ७३ अंकमा उक्लिएको छ ।


बजार बढेपनि कारोबार रकममा भने खासै सुधार हुन सकेन। आज कारोबार भएका २ सय २४ कम्पनीको सेयर कारोबारमा २ अर्ब १२ करोड १५ लाख  ११ हजार २ सय ८० रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।  ५४ लाख ४४ हजार ७ सय ३८ कित्ता सेयर ४२ हजार ५ सय ६ पटकको कारोबारमा खरिद बिक्री भएको छ ।

समूहगत परिसूचकमा आज १३ वटै समूहको सेयर मूल्य बढेको छ । जसमा अन्य समूह २.८९ प्रतिशत व्यापार समूह २.४८ प्रतिशत, फाइनान्स समूह १.५५ प्रतिशतले बढेको छ ।

३५ अंकले बजार बढ्दा आज कारोबार भएका १ सय ७४ कम्पनीको सेयर मूल्य बढेको छ भने १७ कम्पनीको सेयर मूल्य घटेको छ । आजको कारोबारमा हिमालय पावर पार्टनर तथा नेष्डो समृद्ध लघुवित्तको सेयरमा सर्किट ब्रेकर लागेको छ।

अन्य बढी कमाउने कम्पनीमा नेपाल दुरसञ्चार प्राधिकरण, एक्सल  डेभलपमेन्ट बैंक, सामुदायिक लघुवित्त लगायतका कम्पनी रहेका छन् ।

आजको कारोबारमा सर्वाधिक गुमाउने पाँच कम्पनीमा राष्ट्र उत्थान लघुवित्त, इमर्जिङ नेपाल लिमिटेड, सपोर्ट माइक्रो फाइनान्स, सानिमा डिबेन्चर तथा न्यादी हाइड्रो पावर कम्पनी रहेका छन् ।


Author

थप समाचार
x