सेयर

साताको पहिलो कारोबारमै ४५ अंकले घट्यो सेयर बजार

इकागज |
चैत २८, २०७८ सोमबार १५:२० बजे

काठमाडौँ - साताको पहिलो कारोबारको दिन पनि सेयर बजार ४५ अंकले घटेको छ । आज बजार ४४.६४ अंकले घटेको हो। आइतबार राम नवमी बिदा परेको कारण बजार बन्द रहेको बजारमा आज कारोबारको सुरुवातबाटै ओरालो लागेको थियो ।

गत हप्ता साताको अन्तिम दिन बिहीबार बढ्न पुगेको थियो। सोमबार २४५९.७८ अंकबाट सुरु भएको बजार बन्द हुने बेलामा २४१९.७१ अंकमा ओर्लिएको छ। अर्थात आज नेप्से परिसूचक १.८१ प्रतिशत तथा 'क' वर्गका कम्पनीहरू सेयर मूल्य मापक सेन्सेटिभ परिसूचक २.०२ प्रतिशत अर्थात ९.३८ अंकले घटेर ४५४ दशमलव ३८ अंकमा ओर्लिएको छ ।


 

४५ अंकले बजार घट्दा आज कारोबार भएका २ सय ३३ कम्पनीको सेयर कारोबारमा २ अर्ब २६ करोड ७ लाख ८६ हजार ६ सय २८ रूपैयाँ बराबरको ५० लाख ९५ हजार ८ सय ३४ कित्ता सेयर ४० हजार ५ सय ७ पटकको कारोबारमा खरिद बिक्री भएको छ ।

समूहगत परिसूचकमा आज सबै समूहको सेयर मूल्य घटेको छ। जसमा अन्य समूह ४ दशमलव ६२ प्रतिशत, लाइफ इन्स्योरेन्स समूह ३ दशमलव १५ प्रतिशतले घटेको छ।

 बजार घट्दा आज कारोबार भएका जम्मा १७ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ७६ कम्पनीको सेयर मूल्य घटेको छ । आजको कारोबारमा नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्यले सर्किट ब्रेक लागेको छ। अन्य बढी कमाउने कम्पनीमा जाल्पा सामुदायिक लघुवित्त, मिथिला लघुवित्त, सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर, एनआइसी एसिया बैंक डिबेन्चर लगायतका कम्पनी रहेका छन् ।

आजको कारोबारमा सर्वाधिक गुमाउने पाँच कम्पनीमा इमर्जिङ नेपाल, राष्ट्र उत्थान लघुवित्त नेपाल दुरसञ्चार कम्पनी, हिमालय पावर तथा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् ।

 

 


Author

थप समाचार
x