सेयर

साताको सेयर बजार

नेप्सेमा ४९ अंकले घट्दा ५.६५ अर्बको कारोबार

समग्र बजार २ प्रतिशतले घट्यो

इकागज |
बैशाख ३, २०७९ शनिबार १४:२० बजे

काठमाडौंँ - साताभर जम्मा ३ दिन कारोबार भएको सेयर बजार ४९.११ अंकले घटेको छ। गत साता २४६४.३५ को विन्दुमा बन्द भएको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिनमा आइपुग्दा २४१५.२४ विन्दुमा ओर्लिएको थियो। साताभरमा नेप्से परिसूचक करिब २ प्रतिशत घटेको हो।

अघिल्लो हप्ताको अन्तिम कारोबारको दिन विहीबार पाँचौ दिनको लगातार ओरालो लागेको नेप्से ३५.६६ अंक बढेर २४६४.३१ विन्दुमा पुगेर कारोबार बन्द भएको थियो । यो साताको पहिलो दिन आइतबार सार्वजनिक विदा भएकाले सेयर बजार पनि बन्द रह्यो।


सोमबार

साताको पहिलो कारोबारको दिन सोमबार नेप्से परिसूचक ४४.६४ अंक गिरावट आएर २४१९.८० विन्दुमा झरेको थियो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ८.८७ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२३ अंकले घटेको थियो । सोमबार कारोबारमा आएका २३३ कम्पनीको ५० लाख ९५ हजार कित्ता सेयर २ अर्ब २६ करोड ७ लाख ८६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

मंगलबार

साताको दोस्रो कारोबारको दिन मंगलबार पनि सेयर बजार मापक नेप्से परिसूचकमा ३४.७८ अंक घटेर २३८५.०१ विन्दुमा झरेको थियो । त्यस्तै सेन्सेटिभ इण्डेक्स ५.७६ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६६ अंकले घटेको थियो । मंगलबार कारोबारमा आएका २ सय ३७ कम्पनीका ३७ लाख ८३ हजार २४ कित्ता सेयर १ अर्ब ५२ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो । सोमबारको तुलनामा नेप्से सूचकसँगै कारोबार रकम गिरावट आएको थियो ।

बुधबार

बुधबार नेप्से परिसूचक ३०.२४ अंक बढेर २४१५.२४ विन्दुमा पुगेको छ । जसमा सेन्सेटिभ इण्डेक्स ६.९७ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.०४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१३ अंकले बढेको छ । बुधबार कारोबारमा आएका २ सय २९ कम्पनीको ३३ लाख ९८ हजार कित्ता सेयर १ अर्ब ४७ करोड ६३ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से परिसूचकमा वृद्धि भए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । अघिल्लो कारोबार दिन मंगलबार १ अर्ब ५२ करोडको सेयर खरिदबिक्री भएको थियो ।

कारोबार

४९ अंकले बजार घट्दा यो साता जम्मा ५ अर्ब ५६ करोड रूपैयाँ बराबरको कारोबार भएको छ। साताको पहिलो कारोबारको दिन २ अर्ब माथिको कारोबार भएको बजारमा त्यसपछिको कारोबार १ अर्ब ५ करोडको हाराहारीमा रह्यो। पुँजीबजारमा यो साताको अन्तिम कारोबार दिनसम्म आइपुग्दा लगानीकर्ताले ७२ अर्ब ६५ करोड ३४ लाख रुपैयाँ गुमाएका छन्। बिहीबारको कारोबार पछि कुल बजार पुँजीकरण ३४ खर्ब २६ अर्ब १० करोड ८८ लाख रुपैयाँमा झरेको छ। अघिल्लो साताको अन्तिम कारोबारपछि कुल बजार पुँजीकरण ३४ खर्ब ९८ अर्ब ७६ करोड २३ लाख रुपैयाँ कायम थियो।

उपसूचक

समग्र बजार परिसूचक घट्दा यो साता अधिकांश उपसमूह पनि घटेका छन्। अन्य उपसमूहमा सर्वाधिक ४.९४ प्रतिशतको गिरावट देखिएको छ। त्यसैगरी व्यापार उपसमूह ४.०७ प्रतिशत घट्दा जीवन बीमा उपसमूह ४.०२ प्रतिशत घट्यो। ३.९० प्रतिशत घटेको वित्त उपसमूह पनि हो।

सातामा ३ प्रतिशत अधिक गुमाउने जलविद्युत र लगानी उपसमूह पनि हुन्। यो साता निर्जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूह २ प्रतिशत घटे।

सातामा औसत एक अर्ब ७५ करोड ३८ लाख रुपैयाँ बराबरका ४० लाख ९२ हजार कित्ता खरिद बिक्री भए। अघिल्लो साता ९ अर्ब ८३ करोड ४१ लाख रुपैयाँ रकमको कारोबार भएको थियो। सो साता कुल २ करोड २३ लाख ४९ हजार कित्ता कारोबारमा आएका थिए।

यो सातामा सर्वाधिक कमाउने नेष्डो समृद्ध लघुवित्तका लगानीकर्ता रहेका छन्। नेष्डो लघुवित्तको सेयर मूल्य यो साता ३३.१ प्रतिशत बढेको छ। त्यस्तै जाल्पा सामुदायिक लघुवित्तका लगानीकर्ताले पनि १६.७१ प्रतिशतका दरले कमाएका छन्। 


Author

थप समाचार
x