सेयर

सेयर बजार दोहोर अंकले बढ्यो, दुई कम्पनीको सेयरमा सर्किट ब्रेकर

इकागज |
बैशाख ६, २०७९ मंगलबार १५:५५ बजे

काठमाडौंँ - साताको तेस्रो दिन सेयर बजारमा हरियाली छाएको छ । चैत मसान्तमा बढेको सेयर बजार वैशाखयता ७२ अंकले गिरावट आएको थियो। 

साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक १३.३७ अंकले बढेर २३५७.२४ अंक विन्दुमा आइपुगेको छ । आज ३२ लाख १३ हजारको कित्ता सेयर १ अर्ब ३२ करोड ६८ लाखमा खरिद बिक्रि भएको छ ।


त्यस्तै, उप-समूहतर्फ सबैमा हरियाली देखिएको छ । आज १ सय २५ वटा कम्पनीको सेयर मूल्य बढ्दा ५१ वटाको घटेको छ भने १९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ । त्यसैगरि, नेष्डो लघुवित्त र ग्रीन भेन्चर्स कम्पनीमा १० प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।


Author

थप समाचार
x