सेयर बजार ३७ अंकले घट्यो, दुई कम्पनीको सेयरमा सर्किट ब्रेकर
काठमाडौँ- साताको चौथो कारोबारको दिन सेयर बजार पुन: घटेको छ। बुधबार बजार ३७ अंकले घटेको हो। मंगलबार १३ अंकले बढेको बजार आज भने ३६.७३ अंकले गिरावट आएको हो।
आज २३५७.२४ अंकबाट सुरु भएको बजार बन्द हुने बेलामा २३२०.५१ अंकमा ओर्लिएको छ। चौथो कारोबारको दिन नेप्से परिसूचक १.५६ प्रतिशत तथा 'क' वर्गका कम्पनीहरू सेयर मूल्य मापक सेन्सेटिभ परिसूचक १.४९ प्रतिशत अर्थात ६.६९ अंकले घटेर ४४१ दशमलव ०८ अंकमा ओर्लिएको छ ।
३७ अंकले बजार घट्दा आज कारोबार भएका २ सय २८ कम्पनीको सेयर कारोबारमा १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार ७ सय ५५ रूपैयाँ बराबरको ३५ लाख ७० हजार १४ कित्ता सेयर ३२ हजार ५ सय ६ पटकको कारोबारमा खरिद बिक्री भएको छ ।
समूहगत परिसूचकमा पनि आज सबै समूहको सेयर मूल्य घटेको छ। जसमा फाइनान्स समूह ३.८२ प्रतिशत, जलविद्युत समूह २.१२ प्रतिशत, निर्जीवन बीमा समूह १.५८ प्रतिशत, होटेल तथा टुरिजम समूह २.२५ प्रतिशत, अन्य समूह ३.०५ प्रतिशत, लाइफ इन्स्योरेन्स समूह १.९३ प्रतिशतले घटेको छ।
बजार घट्दा आज कारोबार भएका जम्मा ९ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ८३ कम्पनीको सेयर मूल्य घटेको छ । आजको कारोबारमा जाल्पा सामुदायिक लघुवित्त तथा ग्रीन भेन्चर्स लिमिटेडको सेयर मूल्यमा सर्किट ब्रेक लागेको छ।
अन्य बढी कमाउने कम्पनीमा सामुदायिक लघुवित्त, एसबिएल डिबेन्चर, एनआइसी एसिया ग्रोथ फण्ड लगायतका कम्पनी रहेका छन् ।
आजको कारोबारमा सर्वाधिक गुमाउने पाँच कम्पनीमा नेष्डो समृद्ध लघुवित्त, हिमालयन ऊर्जा विकास कम्पनी, तेह्रथुम पावर कम्पनी, युनिअन हाइड्रो पावर तथा राष्ट्र उत्थान लघुवित्त रहेका छन्।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया