अन्तिम कारोबारको दिन नेप्सेमा सामान्य सुधार
काठमाडौँ - साताको अन्तिम सुधार देखिएको छ । बिहीबार सेयर बजार ५ अंकले बढेको छ। मंगलबार १३ अंकले बढेको बजार बुधबार पुन ओरालो लागेको थियो। साताको अन्तिम कारोबारको दिन आज नेप्से परिसूचक ४.९४ अंकले बढेर २३२५.४५ अंक विन्दुमा आइपुगेको छ । 'क' वर्गका सेयर मापक सेन्सेटिभ इन्डेक्स २.०६ अंकले बढेर ४४३.१४ अंकमा उक्लिएको छ।
आज ३९ लाख ९१ हजार ५१ कित्ता सेयर १ अर्ब ६२ करोड ९१ लाख ६८ हजार ८ सय ४८ रूपैयाँमा खरिद बिक्रि भएको छ ।
सामान्य अंकले बजार बढ्दा उप-समूहतर्फ ८ ओटा समूहको सेयर मूल्य बढेको छ। सबैभन्दा धेरै आज अन्य समूहको सेयर मूल्य बढेको छ। अन्य समूह आज २.०५ प्रतिशतले बढेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया