सेयर

सेयर बजार ३२ अंकले घट्यो, परिसूचक २२७५ अंकमा ओर्लियो

इकागज |
बैशाख २१, २०७९ बुधबार १५:३८ बजे

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज नेप्से बुधबारको कारोबारमा परिसूचक ३२ अंकले घटेको छ। साताको दोस्रो कारोबारको दिन नेप्से ३१.७६ अंकले घटेको हो।

साताको पहिलो दिन आइतबार मे दिवस बन्द रहेको बजार सोमबारको कारोबारमा ४९ अंकको गिरावट आएको थियो। मंगलबार ईद बिदा परेको कारण बजार बन्द रहेको थियो।   सोमबार ४९ अंकले घटेर २३०७.४४ अंकमा ओर्लिएको बजार बुधबार २२७५.७६ अंकमा आइपुगेको छ।


साताको दोस्रो कारोबारको दिन नेप्से परिसूचक १.३८ प्रतिशत तथा 'क' वर्गका कम्पनीहरू सेयर मूल्य मापक सेन्सेटिभ परिसूचक १.११ प्रतिशत अर्थात ४.९० अंकले घटेर ४३६ दशमलव ८८ अंकमा ओर्लिएको छ ।

३२ अंकले बजार घट्दा आज कारोबार भएका २ सय ३१ कम्पनीको सेयर कारोबारमा १ अर्ब १० करोड ७४ लाख ५४ हजार ८ सय ४८ रूपैयाँ बराबरको ३१ लाख ७० हजार १ सय ६४ कित्ता सेयर २३ हजार ९ सय ४ पटकको कारोबारमा खरिद बिक्री भएको छ । बुधबारको कारोबारमा जम्मा १५ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ७७ कम्पनीको सेयर मूल्य घटेको छ।

आजको कारोबारमा बढी कमाउने कम्पनीमा जाल्पा सामुदायिक लघुवित्त, बरुण हाइड्रो पावर, एनआइसी एसिया सेलेक्ट फण्ड, सानिमा डिबेन्चर, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम रहेका छन् । जाल्पाको सेयरमा सर्किट ब्रेक लागेको छ 

आजको कारोबारमा सर्वाधिक गुमाउने पाँच कम्पनीमा ग्रीन भेन्चर, युनिअन हाइड्रो, सप्तकोशी डेभलोमेन्ट, नेशनल हाइड्रो तथा बुद्धभूमि नेपाल हाइड्रो रहेका छन् । समूहगत परिसूचकमा आज उल्लेख्य गिरावट आएको छ । सबैभन्दा धेरै फाइनान्स समूह रहेको छ।

उप समूहहरू

हालको अंक

परिवर्तन

 प्रतिशतमा

बैंकिङ

१५४९.३७

१४.५७

-०.९३  

ट्रेडिङ

२०६७.४६

४४.९८

-२.१३  

होटेल र पर्यटन

२९२६.४७

५६.६५

-१.९

विकास बैंक

३९१७.१९

८५.०१

-२.१२

जलविद्युत

२५०८.६६

६७.८४

-२.६३

फाइनान्स

१६४४.५५

३५.७५

-२.१३ 

निर्जीवन बीमा

१०२५१.२३

२३१.१७

-२.२१ 

म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ

५३७७.३४

४७.६३

-०.८८ 

अन्य

१७०५.३६

३९.२३

-२.२५  

माइक्रो फाइनान्स

४६५२.४६

५१.९१

-१.१  

जीवन बीमा

११९८८.६६

२६४.४४

-२.१६  

म्यचुअल फण्ड

१५.३८

०.०८

-०.५१  

लगानी

७४.४९

०.९१

-१.२१  

 


Author

थप समाचार
x