सेयर

साताको अन्तिम कारोबारमा ३७ अंकले घट्यो नेप्से,जाल्पा लघुवित्तको सेयरमा सर्किट ब्रेक

इकागज |
बैशाख २२, २०७९ बिहीबार १५:१७ बजे

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज नेप्से बिहीबारको कारोबारमा परिसूचक ३७ अंकले घटेको छ। साताको तेस्रो कारोबारको दिन नेप्से ३७.०६ अंकले घटेको हो । बुधबार ३२ अंकले घटेको बजार साताको अन्तिम कारोबारमा पनि निरन्तरता पायो। बुधबार २२७५.७६ अंकमा झरेको सेयर बजार बिहीबार ३७ अंकको गिरावटले २२३८.६२ अंकमा ओर्लिएको छ। यस साता जम्मा तीन दिन खुलेको बजार ३ नै दिन घट्न पुगेको हो।

बिहीबारको कारोबारमा नेप्से परिसूचक १.६३ प्रतिशत तथा 'क' वर्गका कम्पनीहरू सेयर मूल्य मापक सेन्सेटिभ परिसूचक .९९ प्रतिशत अर्थात ४.३४ अंकले घटेर ४३२ दशमलव ५५ अंकमा ओर्लिएको छ ।


बजार परिसूचक ३७ अंकले घट्दा कारोबार भएका २ सय ३२ कम्पनीको सेयर कारोबारमा १ अर्ब ६५ करोड बराबरको सेयर कारोबार भएको छ। यस साताको कारोबारमा यो सबैभन्दा बढी हो।  आज १ अर्ब ६५ करोड ४५ लाख ६१ हजार ४ सय ७३ रूपैयाँ बराबरको ४६ लाख ७४ हजार ९ सय ४० कित्ता सेयर ३४ हजार २ सय ६० पटकको कारोबारमा खरिद बिक्री भएको छ ।

घट्दो बजारमा बिहीबारको कारोबारमा जम्मा ५ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ८८ कम्पनीको सेयर मूल्य घटेको छ।

आजको कारोबारमा बढी कमाउने कम्पनीमा जाल्पा सामुदायिक लघुवित्त, एनआइसी एसिया सेलेक्ट फण्ड, आरएमडीसी लघुवित्त वित्तीय संस्था, कालिका पावर कम्पनी, न्याग्दी ग्रुप लगायतका कम्पनी रहेको छ। बिहीबार जाल्पाको सेयरमा सर्किट ब्रेक लागेको छ 

आजको कारोबारमा सर्वाधिक गुमाउने पाँच कम्पनीमा घेल्मदी हाइड्रो, मैलुङ खोला जलविद्युत, शिभ श्री हाइड्रो, युनिअन हाइड्रो पावर तथा ग्रीन भेन्चर रहेका छन्।

त्यस्तै आजको कारोबारमा उप-सूचक समूह राताम्मे देखिएका छन् ।

उप-समूह

हालको अंक

परिवर्तित अङ्क

प्रतिशतमा चेन्ज

 बैंकिङ

1,534.71

16

1.03  

 व्यापार

2,019.87

49.49

2.39  

 होटेल तथा पर्यटन

2,881.23

59.13

2.01  

विकास बैंक

3,826.12

88.44

2.26  

 जलविद्युत

2,449.76

66.81

2.65  

फाइनान्स

1,597.91

48.19

2.93  

निर्जीवन बीमा

10,006.16

265.42

2.58  

म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ

5,322.33

56.26

1.05  

अन्य

1,700.59

20.28

1.18  

माइक्रो फाइनान्स

4,577.41

73.37

1.58  

 जीवन बीमा

11,744.39

260.15

2.17  

म्यचुअल फण्ड

15.26

0.13

0.85  

लगानी

72.71

1.62

2.18  

 


Author

थप समाचार
x