सेयर

३ दिन खुलेको नेप्से ११७ अंकले घट्यो, साताभर ४ अर्ब १८ करोडको कारोबार

सेयर बजार पूँजी ३१ खर्ब ८४ अर्बमा झर्‍यो

इकागज |
बैशाख २४, २०७९ शनिबार १७:२० बजे

काठमाडौँ- यस साता जम्मा तीन दिन खुलेको सेयर बजार ११७ अंकको गिरावट आएको छ । सोमबार बुधबार र बिहीबार खुलेको बजार तीनै दिन ऋणात्मक हुँदा बजार परिसूचक ११७.५७ अंकले घटेको हो ।

साताभर ११७ अंकले परिसूचक घट्दा बजार मापक २२३८.६३ अंकमा ओर्लिएको छ। साताको पहिलो दिन मे दिवसको बिदामा बजार बन्द रह्यो। त्यस्तै मंगलबार मुस्लिम समुदायले मनाउने इद पर्व पर्दा सरकारले सार्वजनिक बिदा दिँदा बजार बन्द रह्यो।


साताको पहिलो कारोबारको दिन सोमबारमा बजार परिसूचक ४९ अंकको गिरावट आएको थियो । सोमबार घटेको बजारमा बुधबारको कारोबारमा बढ्ने आशा गरेका लगानी कर्ताहरूलाई निराश पार्दै ३२ अंकले घट्न पुग्यो। साताको अन्तिम दिन बजार परिसूचक ३७ अंकले घट्दा साताभर बजार निरन्तर घट्न पुगेको थियो।

सोमबार

साताको पहिलो कारोबारको दिन सोमबार बजार परिसूचक अंक ४८.७३ अंकले गिरावट आयो।  सो दिनको कारोबार पश्चात बजार परिसूचक २३०७.४४ अंकमा ओर्लिएको थियो।

सोमबार नेप्से परिसूचक २.०७ प्रतिशत तथा 'क' वर्गका कम्पनीहरू सेयर मूल्य मापक सेन्सेटिभ परिसूचक १.८८ प्रतिशत अर्थात ८.४५ अंकले घटेर ४४१ दशमलव ७९ अंकले गिरावट देखिएको थियो। सोमबार १ अर्ब ४२ करोड ३४ लाखमा ओर्लिएको छ।

बुधबार

मंगलबार बन्द रहेर खुलेको बुधबारको सेयर बजारमा ३२ अंकको गिरावट देखियो। साताको दोस्रो कारोबारको दिन नेप्से ३१.७६ अंकले घटेको थियो। बुधबार ३२ अंकले घट्दा बजार मापक परिसूचक २२७५.७६ अंकमा ओर्लियो।

बुधबार नेप्से परिसूचक १.३८ प्रतिशत तथा 'क' वर्गका कम्पनीहरू सेयर मूल्य मापक सेन्सेटिभ परिसूचक १.११ प्रतिशत अर्थात ४.९० अंकले घटेर ४३६ दशमलव ८८ अंकमा ओर्लिएको थियो। कारोबार रकममा पनि बुधबार निकै गिरावट आएको थियो। सो दिन १ अर्ब १० करोड ७४ लाख बराबरको सेयर खरिद बिक्री भएको थियो।

बिहीबार

साताको अन्तिम कारोबारको दिन बिहीबार बजार ३७ अंकले घटेको थियो। ३७ अंकले बजार घट्दा बजार परिसूचक २२३८.६३ अंकमा ओर्लिएको थियो।

बिहीबारको कारोबारमा नेप्से परिसूचक १.६३ प्रतिशत तथा 'क' वर्गका कम्पनीहरू सेयर मूल्य मापक सेन्सेटिभ परिसूचक ०.९९ प्रतिशत अर्थात ४.३४ अंकले घटेर ४३२ दशमलव ५५ अंकमा ओर्लिएको थियो।

साताको अन्तिम कारोबारको दिन कारोबार रकममा केही बढोत्तरी देखिएको छ । सो दिन १ अर्ब ६५ करोड ४५ लाख बराबरको सेयर खरिद बिक्री भएको थियो।

उप-समूह

यस साताको कारोबारमा उप-समूहका सेयर मूल्यमा निकै गिरावट आयो। बैंकिङ क्षेत्र २९.२३, व्यापार ९२.५७, होटेल तथा पर्यटन क्षेत्र १०२  अंकले गिरावट आएको थियो।  त्यस्तै विकास बैंक समूह १७६.०८, फाइनान्स ८२.४५, निर्जीवन बीमा समूह ४७६.२४ गिरावट आएको छ। म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ १०२.६५, अन्य समूह ४४,माइक्रो फाइनान्स समूह १२६.९६, जीवन बीमा ५०८.७१, म्यचुअल फण्ड ०.२०, लगानी २.६९ अंकले गिरावट आएको छ।

समूह

पहिलो कारोबार

अन्तिम कारोबार

परिवर्तन

 बैंकिङ

१५६३.९४

१५३४.७१

२९.२३

 व्यापार

२११२.४४

२०१९.८७

९२.५७

 होटेल तथा पर्यटन


२९८३.१२

 

२८८१.२३

१०२

विकास बैंक


४००२.२०

 

३८२६.१२

१७६.०८

फाइनान्स

१६८०.३६

१५९७.९१

८२.४५

निर्जीवन बीमा

१०४८२.४०

१०००६.१६

४७६.२४

म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ


५४२४.९८

 

५३२२.३३

१०२.६५

अन्य


१७४४.५९

 

१७००.५९

४४

माइक्रो फाइनान्स


४७०४.३७

 

४५७७.४१

१२६.९६

 जीवन बीमा


१२२५३.१०

 

११७४४.३९

५०८.७१

म्यचुअल फण्ड

१५.४६

१५.२६

०.२०

लगानी

७५.४०

७२.७१

२.६९

कारोबार रकम

साताभर सेयर बजारमा कारोबार ४ अर्बमा खुम्चिएको छ। यस साता औषतमा १ अर्ब ३९ रकम सेयर कारोबार भएको छ । सेयर बजार पूँजी ३१ खर्ब ८४ अर्ब ७६ करोडमा झरेको छ । 


Author

थप समाचार
x