सेयर

१८ अंकले नेप्से बढ्दा १ कम्पनीकाे सेयरमा सर्किट ब्रेक

इकागज |
बैशाख २५, २०७९ आइतबार १५:४६ बजे

काठमाडौँ- निरन्तर ओरालो लागेको सेयर बजार आइतबार सामान्य सुधार देखिएको छ। साताको प्रथम कारोबारमा नेप्से १७.९५ अंकले बढेको हो ।

गत साताभर निरन्तर गिरावट आएर परिसूचक अंक घटेर २२३८.६२ मा ओर्लिएको थियो । आइतबार १८ अंकले सुधार देखिँदा बजार परिसूचक २२५६.५७ उक्लिएको छ। आइतबार निकै उतारचढावबीच अन्त्यमा बजार परिसूचक सकारात्मकतातर्फ अगाडि बढेको थियो।


साताको पहिलो कारोबारको दिन सेयर बजार मापक परिसूचक ०.८० प्रतिशतले बढेको छ भने 'क' वर्गका कम्पनीहरूको सेयर मूल्य मापक परिसूचक ३.८० अंकले बढेर ४३६.३५ अंकमा उक्लिएको छ।  

आज कारोबार भएका २ सय ३३ कम्पनीहरू १ सय ३६ ओटा कम्पनीको सेयर उकालो लागेको छ भने ५२ कम्पनीको सेयर मूल्य घटेको छ।

सामान्य रूपमा बजार बढेपनि कारोबार रकम भने बढ्न सकेन। आइतबार १ अर्ब ३२ करोड ६४ लाख २१ हजार ६ सय ७२ रूपैयाँ बराबरको ३३ लाख ४१ हजार २ सय १४ कित्ता सेयर २७ हजार २ सय २९ पटक कारोबार भएको छ।

१८ अंकले परिसूचक बढ्दा १ कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेकर लागेको छ । आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरमा सकारात्मक सर्किट लागेर १५२ बढ्दै १६७२.६० मा उक्लिएको छ।

अन्य बढी कारोबार हुने कम्पनीहरूमा घेलम्दी हाइड्रो, माउन्टेन इनर्जी, हिमालयन ऊर्जा विकास कम्पनी, श्री इन्भेष्टमेन्ट कम्पनी लगायतका रहेका छन्।

उन्नती सहकार्य लघुवित्त, एनआइसी सेलेक्ट फण्ड, एशियन इन्स्योरेन्स, रूरू जलविद्युत परियोजना, ग्रामीण विकास लघुवित्त लगायतका कम्पनी रहेका छन् ।

उप-समूहहरू मध्ये आइतबारको कारोबार बैंकिङ र माइक्रो फाइनान्स बाहेक अन्य समूहको सेयर मूल्य घटेको छ।

उप-समूह

हाल

परिवर्तन

प्रतिशतमा

Banking

1,532.19

2.54

0.17  

Trading

2,024.78

4.91

0.24  

Hotels And Tourism

2,953.20

71.97

2.5  

Development Bank

3,935.46

108.62

2.84  

HydroPower

2,516.16

66.4

2.71  

Finance

1,651.48

53.56

3.35  

Non Life Insurance

10,016.90

9.49

0.09  

Manu.& Pro.

5,333.90

11.57

0.22  

Others

1,738.61

35.86

2.11  

Microfinance

4,577.38

0.03

0  

Life Insurance

11,782.96

38.58

0.33  

Mutual Fund

15.33

0.07

0.46  

Investment

74.20

1.49

2.05  

 


Author

थप समाचार
x