निर्वाचनको पूर्वसन्ध्यामा नेप्से १९ अंकले घट्यो, कारोबार २ अर्ब ३२ करोड
काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज नेप्से बिहीबारको कारोबारमा परिसूचक १९ अंकले घटेको छ। साताको पहिलो कारोबारदेखि उकालो लाग्दै आएको बजार अन्तिम कारोबारमा भने घटेको हो। । बुधबार ५६ अंकले बढेको बजार साताको अन्तिम कारोबारमा भने घट्न पुग्यो।
बुधबार ५६ अंक बढेर २३६९.०६ अंकमा पुगेको बजार परिसूचक आजको कारोबार पश्चात घटेर २३५०.४२ अंकमा ओर्लिएको छ। यस साता ५ दिनै खुलेको बजार ४ दिन बढ्दा १ दिन घटेको छ।
बिहीबारको कारोबारमा नेप्से परिसूचक ०.७९ प्रतिशत तथा 'क' वर्गका कम्पनीहरू सेयर मूल्य मापक सेन्सेटिभ परिसूचक .५९ प्रतिशत अर्थात २.७० अंकले घटेर ४५३ दशमलव ९६ अंकमा ओर्लिएको छ ।
परिसूचक |
हाल |
परिवर्तन |
प्रतिशतमा |
---|---|---|---|
नेप्से |
2,350.42 |
18.64 |
0.79 |
सेन्सेटिभ |
453.96 |
2.7 |
0.59 |
फ्लोट |
160.69 |
1.52 |
0.94 |
सेन्सेटिभ फ्लोट |
145.24 |
1.23 |
0.84 |
बजार परिसूचक १९ अंकले घट्दा कारोबार भएका २ सय २८ कम्पनीको सेयर कारोबारमा २ अर्ब ३२ करोड बराबरको सेयर कारोबार भएको छ। यस साताको कारोबारमा यो सबैभन्दा बढी हो। आज २ अर्ब ३२ करोड ८४ लाख ३४ हजार २ सय ७३ रूपैयाँ बराबरको ५२ लाख २७ हजार ३ सय ५९ कित्ता सेयर ४० हजार २३ पटकको कारोबारमा खरिद बिक्री भएको छ ।
घट्दो बजारमा बिहीबारको कारोबारमा जम्मा ३४ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ५१ कम्पनीको सेयर मूल्य घटेको छ।
आजको कारोबारमा बढी कमाउने कम्पनीमा जाल्पा सामुदायिक लघुवित्त, तेह्रथुम पावर कम्पनी, युनियन हाइड्रोपावर, शिवम् सिमेन्ट बुद्धभूमि हाइड्रो लगायतका कम्पनी रहेको छ। बिहीबार जाल्पाको सेयरमा सर्किट ब्रेक लागेको छ ।
आजको कारोबारमा सर्वाधिक गुमाउने पाँच कम्पनीमा सूर्योदय लघुवित्त, प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स,गुँरास लाइफ इन्स्योरेन्स, श्री इन्भेष्टमेन्ट रहेका छन्।
उप-समूह |
हाल |
परिवर्तन |
प्रतिशतमा |
---|---|---|---|
Banking |
1,591.15 |
1.73 |
0.11 |
Trading |
2,065.99 |
29.56 |
1.41 |
Hotels And Tourism |
2,989.80 |
34.77 |
1.15 |
Development Bank |
4,079.87 |
89.02 |
2.14 |
HydroPower |
2,701.32 |
53.72 |
1.95 |
Finance |
1,771.53 |
9.9 |
0.56 |
Non Life Insurance |
10,358.34 |
83.38 |
0.8 |
Manu.& Pro. |
5,574.34 |
80.25 |
1.46 |
Others |
1,824.20 |
7.39 |
0.41 |
Microfinance |
4,803.94 |
74.57 |
1.53 |
Life Insurance |
11,897.68 |
257.14 |
2.12 |
Mutual Fund |
15.41 |
0.18 |
1.16 |
Investment |
76.73 |
1.37 |
1.76 |
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया