फोटो फिचर
माइतीघर मण्डलबाट युवाहरूको हुङ्कार– हद म्याद होइन, हदै भयो म्याद !
काठमाडौँ– काठमाडौँ माइतीघर मण्डलमा युवाहरूले बलात्कारविरूद्ध प्रदर्शन गरेका छन् । आठ वर्षअघि सुन्दरी प्रतियोगितामा भाग लिँदा आयोजकबाटै आफूमाथि बलात्कार भएको बुधबार एक युवतीले समाजिक संजालबाट खुलाएकी थिइन् । उक्त घटना सार्वजनिक भएसँगै पीडितलाई न्याय अपराधिलाई कारबाहीको माग गर्दै युवाहरू प्रदर्शनमा उत्रिएका छन् ।
सुन्दरी प्रतियोगिता खारेज गर्नुपर्ने र यौनजन्य हिंसासम्बन्धी कानुनको हदम्याद हटाउनुपर्ने उनीहरूको माग छ । शुक्रबार पनि युवाहरूले बालुवाटारस्थित प्रधानमन्त्री निवासअगाडि प्रदर्शन गरेका थिए ।
उक्त घटनाबारे अनुशन्धान गर्न शुक्रबार नै प्रहरीले छानबिन समितिसमेत गठन गरिसकेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया