समाज

होलीमा प्रदेश २ : कुटपिटदेखि चक्कु प्रहारसम्मका घटना

इकागज |
चैत १७, २०७७ मंगलबार १९:३ बजे

जनकपुरधाम : हाेलीका दिन प्रदेश २ मा कुटपिटदेखि चक्कु प्रहारसम्मका घटनाहरु भएकाे छ भने सयाैं सवारी साधन नियन्त्रणमा लिइएकाे छ । प्रदेश प्रहरीले  साेमबार हाेलीको दिन धनुषासहित प्रदेशका विभिन्‍न जिल्लामा कुटपिटदेखि चक्कु प्रहारसम्मकाे घटना भएकाे जनाएकाे छ ।

धनुषाको मिथिला नगरपालिका १ मा चक्कु प्रहार भएको छ भने महोत्तरीको मटिहानी नगरपालिका- १ मा कुटपिट भएको हाे । मटिहानीमा दुई समूहबीच भएको झडपमा १४ जना घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि अस्पताल भर्ना गरिएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।


प्रहरीकाअनुसार धनुषाको मिथिला नगरपालिकामा चक्कु प्रहारबाट एकजना घाइते भएका छन् । चक्कु प्रहार गर्नेलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । त्यस्तै, ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउने ६५ जनालाई कारबाही गरिएको र ५ सय ४७ वटा सवारीसाधन नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए । 


Author

थप समाचार
x