सुक्खा पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो
फाइल फोटो
चितवन - पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी खुलेको छ । इच्छाकामना गाउँपालिका–६ नाम्दीखोला नजिकै आज साँझ ५ः३० बजेको समयमा सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरोमा परी एक जना घाइते भएका छन् । बोलेरोमा सवार एक व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि भरतपुरतर्फ ल्याइएको छ । पहिरो गएको केही समयपछि सडक एकतर्फी सञ्चालनमा आएको प्रहरीको भनाइ छ ।
उक्त पहिरोले मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ग१ख ९९०९ नंको माइक्रोबस र सोही दिशाबाट आउँदै गरेको प्र३–०१–०२३च–०५३५ नंको कारमा क्षति पुगेको छ ।
घटनामा परी माइक्रोका चालक नवलपुर कावासोती–७ बस्ने ३६ वर्षीय टीकाराम महतोलाई ढुंगाले हातमा लागि सामान्य चोट लागेको प्रहरीले जनाएको छ । अन्य यात्रु सकुशल रहेको र दुवै सवारीमा क्षति पुगेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया