हराएको तारा एयरको विमान दुर्घटनास्थल भेटियो
काठमाडौँ– आइतबार बिहानदेखि बेपत्ता तारा एयरको विमानको दुर्घटनास्थल भेटिएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिल्वालले हराएको तारा एयरको विमान दुर्घटनास्थलभेटिएको जानकारी दिए । 'खोजी र उद्धार टोलीले विमान रहेको स्थान पत्ता लगाएको छ' सिल्वालले ट्वीट गरेका छन् 'थप विवरण आउन बाँकी छ ।'
हराएको विमान आज बिहानैबाट फेरि खोजी सुरु गरिएको थियो । मौसम प्रतिकूलताका कारण आइतबार दिनभरको प्रयास असफल भएपछि खोजी कार्य स्थगित गरिएको थियो । सम्पर्कविहीन विमान आइतबार नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षा अधिकारीहरूले खोजीकार्य गरेका थिए ।
पोखराबाट जोमसोम जाने क्रममा तारा एअरको ९ एनएईटी ट्विनअटर आइतबार बिहान बेपत्ता भएको थियो। विमानमा चालक दलका तीन सदस्यका साथै १९ जना यात्रु थिए ।
Search and rescue troops have physically located the plane crash site. Details will be followed.
— NASpokesperson (@NaSpokesperson) May 30, 2022
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया