दुर्घटनास्थल पुगेका स्थानीय भन्छन्- दुर्घटनाग्रस्त विमानमा आगो लागेको छैन
पोखरा - मुस्ताङको थासाङ-२ मा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको तारा एयरको विमानमा आगो नलागेको स्थानीयले बताएका छन् । दुर्घटनास्थल पुगेका मुस्ताङ दानाका स्थानीय इन्द्रसिंह शेरचनले विमानमा आगो नलागेको अवस्थामा भेटिएको बताए । 'दुर्घटनाग्रस्त विमानमा आगो नलागेको देखिन्छ,' इकागजसँग उनले भने, 'शवहरू क्षतविक्षत अवस्थामा छन्।'
उनका अनुसार अहिलेसम्म दुर्घटनास्थलमा नेपाली सेना पुगेको छैन । केही प्रहरी भने पुगेका छन् ।
पोखरादेखि जोमसोम जाने क्रममा तारा एयरको उक्त विमान आइतबार बिहानदेखि सम्पर्कविहीन भएको थियो । सोमबार बिहान थासाङ-२ मा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । जहाजमा चालक दलका तीन जना र १९ जना यात्रु रहेका जनाइएको छ ।
र, यो पनि
- विमान दुर्घटनास्थल पुगेका शेरचन भन्छन्- कसैको टाउको नै छैन, शव चिनिँदैन
- यार्सा टिप्न जानेले भेटेको थिए दुर्घटनाग्रस्त तारा एयरको विमान
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया