समाज

तारा एयरको विज्ञप्ति : १४५०० फिटको उचाइमा दुर्घटनाग्रस्त अवस्थामा विमान

इकागज |
जेठ १६, २०७९ सोमबार १०:३० बजे

काठमाडौँ- तारा एयरले दुर्घटनाग्रस्त विमान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानोसरे भिरमा भेटिएको भन्दै विज्ञप्ति जारी गरेको छ । तारा एयरका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा १४ हजार पाँच सय फिटको उचाइमा दुर्घटनाग्रस्त विमान भेटिएको उल्लेख छ ।

यएरले बायुयान अन्तिम पटक जोमसोम टावरसँग आइतबार विहान १०:०७ घोडेपानीबाट सम्पर्कमा आएपश्चात सम्पर्कबिहीन भएको विज्ञप्तिमा लेखिएको छ ।


उद्धारकर्मीहरू विमान दुर्घटनास्थलमा पुगिसकेको तारा एयरले जनाएको छ ।

दुर्घटनाग्रस्त अवस्थामा विमान फेला परेको जानकारी गराउँदा स्तब्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

र, यो पनि


Author

थप समाचार
x