समाज

साउन १ देखि सवारी साधनमा इम्बोस्ड नम्बर नराखे कारबाही

इकागज |
जेठ २०, २०७९ शुक्रबार ८:१९ बजे

काठमाडौँ- बागमती र गण्डकी प्रदेशमा दर्ता कायम भएका सवारीसाधनमा १ साउनसम्म इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिसक्नु भएको छ ।

यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै यी दुई प्रदेशमा दर्ता कायम रहेका मोटरसाइकलसहित सवारीसाधनमा १ साउनसम्म इम्बोस्ड नम्बर अनिवार्य नगरिए कारबाही हुने चेतावनी दिएको छ ।


सरकारले बागमती र गण्डकीका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्न गत २२ कात्तिकमा  राजपत्रमा सूचना प्रकाशन गरेको थियो ।

तर, इम्बोस्ड नम्बर जडान नभएको भन्दै विभागले ध्यानाकर्षण भएको जनाएको छ । 

बागमती प्रदेशको ललितपुरस्थित एकान्तकुना र काठमाडौंस्थित जुर्जुधारा तथा गण्डकी प्रदेशको कास्कीस्थित पोखरामा रहेका यातायात व्यवस्था कार्यालयमा इम्बोस्ड नम्बर जडानसम्बन्धी विभागको निर्देशन र संघीय कानून कार्यान्वयनमा नआएको हो ।


Author

थप समाचार
x