समाज

फोटो कथा

अव्यवस्थाले अस्तव्यस्त सहर

इकागज |
जेठ २१, २०७९ शनिबार ११:३६ बजे

काठमाडौँ - काठमाडौँ त्यसै पनि व्यस्त सहर । यसैमाथि अव्यवस्थाले व्यस्ततालाई पनि अस्त-व्यस्त बनाइदिन्छ । जब साँझ पर्छ अनि फुटपाथ खुद्रा व्यापारीको कब्जामा जान्छ । साँझको बढ्दो सवारी चाप, यात्रुको भिड अनि फुटपाथ पसल । राजधानीका मुख्य बजार हिँड्नै नसक्ने हुन्छन् । 


फुटपाथ बजारका कारण सार्वजनिक यातायात पार्क गर्न र रोक्न समेत कठिन हुने गरेको चालकहरू बताउँछन् । यो समस्या काठमाडौँको मात्रै होइन । उपत्यकाका भक्तपुर र ललितपुरमा पनि छ ।

काठमाडौंको कलंकी, असन, इन्द्रचोक, लगनखेल, कोटेश्वर भक्तपुरका गल्लीमा असंख्य व्यापारी सडक व्यापारमा आश्रित छन् । 

तस्बिर : न्युज एजेन्सी नेपाल
 


Author

थप समाचार
x