कस्ता-कस्ता परिवारका सन्तानले उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति पाउँछन् ?
काठमाडौँ- दलित, अपांग भएका, आर्थिक रुपले विपन्न, मुक्त कमलरी र मुस्लिम महिला विद्यार्थीले छात्रवृत्ति पाउने भएका हुन् ।
विश्वविद्यालय आयोगले आर्थिक वर्ष २०७८/०७९ मा छात्रवृत्ति दिने कार्यक्रम भएकाले विश्वविद्यालय अनुदान आयोगले छात्रवृत्ति निर्देशिका २०७६ बमोजिम स्नातक तह प्रथम वर्ष र सेमेष्ट प्रणालीमा अध्ययनरत विद्यार्थीलाई उपलब्ध गराउने भएको हो ।
आयोगले मौलिक हक अन्तर्गत नेपालको संविद्यान २०७२ मा उल्लेख भए बमोजिम उपलब्ध गराउन लागेको हो ।
इच्छुक विद्यार्थीले आयोगको वेभसाइटमा राखिएको निर्देशिकाको अनुसूची १ अनुसारको ढाँचामा निवेदन फारम भरी आवश्यक कागजातसहित असार १४ गतेसम्म पेश गरिसक्नुपर्ने छ ।
त्यस्तै आयोगले आवश्यक कागजात अध्ययन गर्दा केही अस्पष्ट भएमा जानकारीसहित आवश्यकत कागजात असार ३० गते ५ बजेसम्म पठाउनुपर्ने छ ।
विद्यार्थीले के-के पेश गर्नुपर्छ :
-छात्रवृत्ति पाउने विद्यार्थीले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ।
- सम्बन्धित उच्च शिक्षामा भर्ना भएको प्रमाण ।
- अभिभावकसँगको नाता प्रमाणित
- १०+२ पास वा सो सरह उत्तिर्ण गरेको सर्टिफिकेट वा ट्रान्सकिप्ट
-अध्ययनरत शिक्षण संस्थाको सिफारिश पत्र
- सरकारी सेवामा बहाल नरहेको र राज्यकोषबाट तलब सुविधा प्राप्त गर्ने व्यक्तिको छोराछोरी नभएको प्रमाण तर, अपाङ्गको हकमा यो लागू हुने छैन ।
- दलितको हकमा दलित जातजाति भएको प्रमाण
- मुक्त कमलरीको हकमा मुक्त कमलरी भएको प्रमाण
- मुस्लिम महिलाको हकमा मुस्लिम महिला भएको प्रमाण
- आर्थिक विपन्नको हकमा नेपाल सरकारद्वारा विपन्न घरपरिवार भनी जारी प्रमाणपत्र
-विद्यार्थीको डिजिटल खाता विवरण
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया