समाज

यी १२ जिल्लाका खोलामा वहाब बढ्‍न सक्‍ने, सतर्कता अपनाउन आग्रह

इकागज |
जेठ २३, २०७९ सोमबार ८:५० बजे

फाइल तस्बिर

काठमाडौँ- देशका १२ जिल्लाका साना नदीनालाहरूमा आज वहाब बढ्ने सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूवर्नानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । 


महाशाखाका अनुसार प्रदेश १ को झापा, मोरङ, सुनसरी, संखुवासभा, भोजपुर तथा बागमती प्रदेशको दोलखा, रामेछाप, मकवानपुर, ललितपुर र गण्डकी प्रदेशको लम्जुङसँगै लुम्बिनी प्रदेशको गुल्मी र पाल्पाका साना नदीनालाहरूमा वहाब बढ्ने सम्भावना छ । 

देशका प्रमुख तथा मझौला नदीहरूमा भने बहान सामान्य हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।


Author

थप समाचार
x