मेयर शाहले भने- कुहिने र नकुहिने फोहर छुट्याउनू, नछुट्याए महानगरले संकलन गर्ने छैन
काठमाडौँ - काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले घरमै कुहिने र नकुहिने फोहर छुट्याइ दिन आग्रह गरेका छन् । मंगलबार फेसबुकमार्फत लामो प्रतिक्रिया दिँदै कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि कुहिने, नकुहिने गरेर कम्तिमा दुई किसिमका फोहरहरू छुट्याएर निकाली दिन आग्रह गरेका हुन् ।
'हामी आग्रह गर्छौँ कि अब तपाईको कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि फोहर निस्किदा कुहिने, नकुहिने गरेर कम्तिमा दुई किसिमका फोहरहरू छुट्टिएर निस्किउन्,' उनले भनेका छन्, 'कुहिने र नकुहिने फोहरलाई छुट्याइदिने हो भने त्यसको व्यवस्थापन सहज हुन्छ । जति सहज व्यवस्थापन हुन्छ, त्यति नै चाँडो हामी स्वच्छ र स्वस्थ काठमाण्डौँमा बाँच्न पाउँछौँ तपाईहरूले अब हरेक फोहरलाई कुहिने र नकुहिने गरेर कम्तिमा दुई अलग अलग भाँडोमा राखेर फोहर व्यवस्थापनमा आफ्नो कर्तव्य पुरा गरिदिनु हुनेछ ।'
उनले अब नछुटंयाएको फोहर महानगरले नउठाउने बताएका छन् । 'महानगरले फोहरलाई स्रोतबाट नै छुट्याउनका लागि हदैसम्मको सहकार्य र कोशिस गर्नेछ । हामी यति विश्वास दिलाउन चाहन्छौँ कि तपाईले छुट्याइसकेको फोहरलाई महानगरले पुन: एकैठाउँमा मिसाउने गल्ती गर्ने छैन,' उनले अगाडि भनेका छन्, 'तपाईले छुट्याएर संकलन गर्ने गाडीमा हालिसकेको फोहरसँगै आफूले नछुट्याइ ल्याएको फोहर कसैले मिसाउन पाउन छैन । यसको अर्थ हो, नछुट्याएको फोहर महानगरले संकलन गर्ने छैन र फर्काइदिने छ ।'
उनले अहिलेसम्म फोहर उठ्न नसकेकोमा माफी मागेका छन् ।
लामो समय उठ्न नसकेको फोहर मंगलबारबाट उठ्न थालेको छ । काठमाडौँबाट फोहर बोकेर गएका गाडीहरू सिसडोलबासीले रोकेका छन् । सोमबार शहरी विकास मन्त्रालय, काठमाडौँ महानगर र प्रभावित क्षेत्रबीच सहमित भएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया