समाज

खाद्य व्यवस्थाले रद्द गर्‍यो चार वर्षपछि लिखित परीक्षा

इकागज |
जेठ २६, २०७९ बिहीबार ७:३८ बजे

काठमाडौँ- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड साविकको (नेपाल खाद्य संस्थान) ले अधिकृतस्तरको (प्रशासन, तह-६ खुलातर्फको ) लिखित परीक्षा गरेको चार वर्षपछि रद्द गरेको छ ।  लोकसेवाले २०७५ चैत २६ र २७  उक्त पदको  परीक्षा लिएको थियो ।

कम्पनीले विज्ञापन न. २१/०७५/७६ अधिकृत, प्रशासन, तह-६ खुलातर्फको लिखित परीक्षा रद्द गरेको जनाएको हो । सर्वोच्चको फैसला र लोकसेवा आयोगको पत्र अनुसार कम्पनीले गरेको जनाएको छ ।


सर्वोच्च अदालतले २०७७ फागुन १० र लोकसेवा आयोगले २०७८ पुस २६ गतेको निर्णय अनुसार परीक्षा भएको थियो ।


Author

थप समाचार
x