सिंह सचिवमा बढुवा
फाइल तस्बिर
काठमाडौँ- सरकारले विनोदप्रकाश सिंहलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले बढुवा समितिको सिफारिसका आधारमा सिंहलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । उनी यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सहसचिव थिए ।
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा ३१ जेठमा बसेको बढुवा सिफारिस समितिको बैठकले सिंहको नाम सचिव बढुवामा सिफारिस गरेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया