एपीएफ अस्पतालकी डा. गुरुङलाई गृह मन्त्रालयमा हाजिर हुन सात दिने सूचना
फाइल तस्बिर
काठमाडौँ- गृह मन्त्रालयले एपीएफ अस्पतालका डा. अन्जु गुरुङलाई हाजिर हुनलाई आग्रह गरेको छ । उनलाई ७ दिन भित्रमा मन्त्रालयमा हाजिर हुन आग्रह गरिएको मन्त्रालयले जनाएको छ ।
गत चैत १ देखि अस्पतालमा हाजिर नभइ लामो समयसम्म सम्पर्कविहीन रहेकाले हाजिर हुन मन्त्रालयले निर्देशन दिएको छ । जेठ १८ गतेको गोरखापत्रमा हाजिर हुन आउनु भनी गरिएको सूचनालाई समेत व्यवस्था गरेको मन्त्रालयले जनाएको छ ।
सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ११३ को उपनियम (१) को उप खण्ड (ज) बमोजिमको कसुरमा ऐ नियमावली नियम ११० को खण्ड (ख) (१) बमोजिमको विभागीय कारबाही किन नदिने ? दिनु नपर्ने भए मन्त्रालयमा ७ दिन भित्रमा हाजिर हुनुपर्ने मन्त्रालयले प्रस्ट पारेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया