समाज

कास्की र कैलालीमा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

इकागज |
असार १२, २०७९ आइतबार ८:५५ बजे

काठमाडौँ - कास्कीको लुम्ले र जुमलेटी वर्षामापन केन्द्रमा पछिल्लो ६ घण्टा अति भारी वर्षामापन भएको छ । आसपासको साना खोलामा आकस्मिक बाढी आउन सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जान सक्ने भएकाले बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका अनुसार आगामी ३ दिन कोशी, नारायणी, कमला, बागमती र यसका सहायक नदीहरुमा जल सतह उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने,  कर्णाली, महाकाली, कन्काई,  पश्‍चिम राप्ती, बबई र यसका सहायक नदीहरूको बहाव बढ्ने तथा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान छ।


त्यस्तै कैलाली आसपास केही स्थानमा भारी बर्षा भई कान्द्रा नदी बाढी मापन केन्द्र कैलालीमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो रहेकाले नदीतटीय क्षेत्र र होचा डुबान भइरहने क्षेत्रमा बिहान १० बजेसम्म विषेश सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । 


Author

थप समाचार
x