काठमाडौँ उपत्यकामा एकै दिन २४ सय बढी सवारी चालकमाथि कारबाही
फाइल तस्बिर
काठमाडौँ- ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकैदिन २ हजार ४०३ जना सवारी चालकलाई कारबाही गरेको छ ।
ट्राफिक नियम उल्लंघन गरेका कारण उपत्यकाको विभिन्न स्थानमा उनीहरूलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १४९ जना, लेन उल्लंघन गर्ने १४१ जना, मदिरा पिएर सवारी साधन चलाउने १३३ जना, तीब्र गतीमा सवारी साधन चलाउने ८७ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ८२ जना सवारी चालक रहेका छन् ।
ढोका खुल्लै राखेर सवारी चलाउने ६४ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ५९ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ३४ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २६ जना चालक पनि कारबाही गरिएको कार्यालयले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया