समाज

देशभरका शिक्षकले भदौ २९ सम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

इकागज |
असार २२, २०७९ बुधबार ८:५८ बजे

काठमाडौँ- सामुदायिक विद्यालयका शिक्षकहरूले आफ्नो सम्पत्ति विवरण बुझाउनु पर्ने भएको छ । देशभरका शिक्षकको सम्पत्ति विवरण साउन १ गतेदेखि भाद्र २९ गतेसम्म राष्ट्रिय किताब खाना (शिक्षक)  मा प्राप्‍त हुने गरी राष्ट्रिय किताब खानाले सूचना जारी गरी निर्देशन दिएको छ ।

स्थायी शिक्षकहरूले आर्थिक वर्ष २०७७/०७८ को सम्पत्ति विवरण विद्यालय, स्थानीय तहले संकलन गरी जिल्ला शिक्षा विकास तथा समन्वय इकाईहरूमा बुझाउनुपर्ने छ । इकाईहरूले जिल्लाका सबै शिक्षकहरूको विवरण भदौ २९ सम्ममा पठाइ सक्नुपर्ने छ ।


विद्यालयमा कार्यरत करार, राहत, बाल विकास शिक्षक, विद्यालय कर्मचारी आदिले आफू कार्यरत स्थानीय तहमा विवरण बुझाउनुपर्ने छ । स्थानीय तहले सो विवरण सुरक्षितसाथ राख्‍नुपर्ने छ । सम्पत्ति विवरण बुझाउने दिन सार्वजनिक विदा परेमा उक्त दिन किताबखाना खुला रहने छ ।

आर्थिक वर्ष समाप्त भएको ६० दिनमा प्रत्येक शिक्षकले आफ्नो र परिवारको नाममा रहेको सम्पत्तिको वा निस्सासहितको आवद्यिक विवरण पेश गर्नुपर्ने व्यवस्था छ ।


Author

थप समाचार
x