समाज

दुई मोटरसाइकल ठोक्किदा एकको मृत्यु, तीन घाइते

इकागज |
चैत २३, २०७७ सोमबार १४:४१ बजे

मकवानपुर : मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१० भुटनदेवी मोडमा दुई मोटरसाइकल एकापसमा ठोक्किदा १७ वर्षीय सगुन रुम्वाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका-१० का निवासी उनको सोमबार उपचारका क्रममा चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

साथै सोही दुर्घटनामा तीन जना घाइते भएको र उनीहरूको हेटौँडामा उपचार भइरहेको  प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । गएराति हेटौँडाको बुद्धचोकबाट कर्रातर्फ जाँदै गरेको ना ४९ प ६२२३ नंको मोटरसाइकल र विपरीत दिशाबाट  आउँदै गरेको ना ४१ प ६४३६ नंको  मोटरसाइकल भुटनदेवी मोडमा एकापसमा ठोक्किदा दुर्घटना भएको प्रहरीले बताएको छ । 


 जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा हेटौँडाका विज्ञान रुम्वा, विजय लामा र विक्रम  लामा घाइते भएका छन् । उपचारपछि रुम्वालाई प्रहरीले नियन्त्रणमा राखेको छ । (रासस)
 


Author

थप समाचार
x