समाज

काठमाडौं प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण

सार्वजनिक स्थानमा कार्यक्रम नगर्न निर्देशन

इकागज |
चैत २३, २०७७ सोमबार १५:५५ बजे

काठमाडौँ  : काठमाडौं जिल्ला कोभिड १९ संकट व्‍यवस्थापन समितिले काठमाडौँ प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सोमबार बसेको समिति बैठकले उपत्यका प्रवेश गर्न अब अनिवार्य एन्टीजेन परीक्षण गर्नु पर्ने र यसको व्यवस्थापन सम्बन्धी नगरपालीकाले मिलाउने निर्णय गरेको हो । काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकाहरुमा सम्बन्धित नगरपालिकाले स्वास्थ्य जाँच र एन्टीजेन परीक्षण गर्न हेल्थ डेस्कको व्‍यवस्थापन मिलाउने र सम्पर्क व्‍यक्ति तोक्नु पर्ने व्यवस्था गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

बैठकले नाकामा एन्टीजेन परीक्षण गर्नका लागि एन्टीजेन किट स्वास्थ्य कार्यालयलाई उपलब्ध गराउन र यदि एन्टीजेन परीक्षणबाट नेगेटिभ देखिएको तर व्‍यक्तिमा लक्षण देखिएर शंकास्पद लागेमा पीसीआर टेस्टका लागि  स्वाब संकलन गरी पठाउनसमेत समितिले निर्देशन दिएको छ । बैठकले नगरपालिकाहरुमा सञ्‍चालित आइसोलेशन केन्द्र र क्वारेन्टाइन सेन्टरहरुलाई अध्यावधिक गर्न र नगरपालिकाहरुलाई आ-आफ्नो नगरपालिका भित्र एक-एक वटा आइशोलेसन/क्वारेन्टाइनको व्‍यवस्थापन गर्न अनुरोध गरेको पराजुलीले जानकारी दिए । 


त्यस्तै कोरोना फैलना नदिन जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, बिद्यालयमा माक्स र स्यानिटाइजरको व्यवस्था अनिवार्य गर्ने निर्णय पनि समितिले गरेको छ । त्यस्तै सार्वजनिक कार्यक्रम पनि सम्न्धीत निकायको अनुमतिबेगर गर्न नपाइने निर्णय समितिले गरेको छ । समितिले मास्क बितरण गर्ने, साार्वजनिक यातायातमा अनुगमन गर्ने र माक्स लगाउन अभिप्रेरित गर्ने लगाएतका कार्यलाई तीव्रताका साथ सञ्चालन गर्ने निर्णय पनि गरेको छ । 


Author

थप समाचार
x