समाज

खाद्यले गर्‍यो पानी उत्पादन गर्ने एभरेष्ट वेभरेजमा सिल

इकागज |
असार २४, २०७९ शुक्रबार ८:५० बजे

काठमाडौँ- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाडौँ तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौँको संयुक्त अनुगमन टोलीले प्रशोधित पानी उत्पादन गर्ने उद्योगमा सिल गरिएको छ । बिहीबार गोकर्णेश्वेर- ६ जोरपाटी काठमाडौँस्थित एभरेष्ट वेभरेज प्रालिमा सिल गरिएको हो ।

उद्योग सरसफाइको अवस्था सन्तोषजनक नभएको, भौतिक पुर्वाधारको अवस्था नाजुक रहेको, प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका २०७४ वमोजिमको प्रावधान पुरा नगरेको, १ लिटरको बोटल म्यानुअलि भर्ने गरेको (निर्देशिका को दफा  ८ (घ)  को प्रावधान अटोमेटिक प्लान्टबाट भर्नुपर्ने रहेकोमा सोको वर्खिलाप गरेको, प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका २०७४ बमोजिमको प्रावधान पुरा नगरेको र १४० बोटल पानीलाई  बरामद गरेर सिल गरि राखिएको छ ।
 



Author

थप समाचार
x