समाज

जात्रा राेकेको भन्दै तःमारी, ङातापोल अगाडि स्थानीयको विरोध प्रदर्शन

इकागज |
चैत २३, २०७७ सोमबार १९:५ बजे

भक्तपुर : जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन संचालन केन्द्र भक्तपुरको ४५ औँ बैठकले जात्रा नगर्न दिएको निर्देशन मान्य नहुने भन्दै स्थानीय नेवारहरू सोमबार साँझ भक्तपुरको तःमारी, ङातापोल अगाडि उभिएर सांकेतिक विरोध गरेका छन् ।

भक्तपुरको बिस्का जात्रा, मध्यपुरको सिन्दुर जात्रा, मेःचः प्वा खानेगु (जिब्राे छेड्ने)जात्रालाई औपचारिकतामा मात्र सीमित गर्न निर्देशन दिएपछि नेवार समुदायले रुष्ट बनेका हुन् । उपस्थितहरूले ‘मेला भर्न पाइने, जात्रा गर्न नपाईने’, ‘जात्रा रोकेर रोकिँदैन’ लगायत नारा लेखिएका पम्पलेट बोकेका थिए । महानगरिय प्रहरी परीसर हुँदै स्थानीयले र्‍याली गरिरहेका छन् । 


तस्बिरहरू : प्रदीपरत्न शाक्यकाे फेसबुकबाट । 


Author

थप समाचार
x