समाज

भक्तपुरमा पनि स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी बिस्का जात्रा मनाउने निर्णय

इकागज |
चैत २३, २०७७ सोमबार १९:४१ बजे

भक्तपुर :  भक्तपुरको प्रमुख बिस्का जात्रासँग सम्बन्धित टोलटोलमा हुने जात्राहरूलाई स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी सामान्य रुपमा सञ्चालन गर्ने निर्णय भएकाे छ । नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा साेमबार भक्तपुरको प्रसिद्ध बिस्केट बिस्केट जात्रा सञ्चालनसम्बन्धी सरोकारवालाहरूसँगको बैठक बसेकाे थियाे ।

साे बैठकले कोभिड १९ रोकथाम र नियन्त्रणको लागि भक्तपुर नगरवासीहरूको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरी भक्तपुर नगरपालिकाले नगरवासीहरूलाई स्वास्थ्य सुरक्षा सम्बन्धी सामाग्री घर-घरमा गई वितरण गर्ने र जनचेतनामूलक माइकिङ, पर्चा वितरण तथा सूचना प्रकाशन गर्ने निर्णय गरेकाे छ । साथै जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (DCCMC) भक्तपुरको मिति २०७७।१२।२२ गते बसेको बैठकले यस वर्षको बिस्केट जात्रामा पुजारीलाई मात्र राखेर पुजा गर्ने तथा रथ तान्ने र लिंगो ठड्याउने जात्रा गत वर्ष जस्तै यस वर्ष पनि नगर्ने भन्ने निर्णय गरिसेकेकोले ऐतिहासिक एवं सा“स्कृतिक महत्वको भक्तपुरको प्रमुख बिस्केट जात्रास“ग सम्बन्धित टोलटोलमा हुने जात्राहरूलाई स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी सामान्य रुपमा सञ्चालन गर्न सम्बन्धित सम्पूर्ण सरोकारवालाहरूलाई अनुरोध गर्ने निर्णय गरेकाे छ । 


त्यस्तै यस वर्षको बिस्केट जात्रा अवधिभर भक्तपुर नगरक्षेत्रमा कुनै किसिमको हुलहुज्जत हुन नदिई शान्तिपूर्ण तरिकाले सामान्य रुपमा जात्रा सम्पन्न गर्न सुरक्षा एवम् आवश्यक बन्दोबस्त जिल्ला प्रशासन कार्यालय, भक्तपुरलगायत जिल्लाका सबै सुरक्षा निकायले गर्ने र  बिस्केट जात्रासँग सम्बन्धित जात्रा व्यवस्थापनको लागि गुठी संस्थान, भक्तपुरले आवश्यक सहयोग गर्ने निर्णय पनि सोही बैठकले गरेको छ। 

त्यस्तै मध्यपुर थिमि नगरपालिकाले पनि स्वास्थ्य मापदण्ड पालना गरी बिस्का जात्रा मनाउन सबैलाई अनुराेध गरेकाे छ । ्

 


Author

थप समाचार
x