समाज

यस वर्षको राष्ट्रिय प्रविधि पुरस्कार डा.शेरबहादुर पुनलाई

युवा वैज्ञानिक श्रेष्ठलाई विज्ञान पुरस्कार

इकागज |
चैत २४, २०७७ मगलवार ६:३४ बजे

काठमाडौँ : यस वर्षको प्रविधि पुरस्कार डा.शेरबहादुर पुनलाई दिइने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले यस वर्षको प्रविधि पुरस्कार डा.पुनलाई दिने निर्णय गरेको हो । नास्टको सोमबार बसेको ४४ औँ प्राज्ञसभाले विभिन्न ११ विधामा १७ जना व्यक्ति तथा संस्थालाई यस वर्षको पुरस्कार दिने निर्णय गरेसँगै प्रविधि पुरस्कार सरुवा रोग अस्पताल टेकुका डा.पुनलाई दिने निर्णय गरेको हो । 

कोभिड १९ महामारीका बेला अध्ययन, अनुसन्धान, तर कोभिडका बारेमा पर्याप्त जानकारी दिनुका साथै मानिसलाई सचेत गराउन भूमिका खेलेको भन्दै नास्टले डा.पुनलाई यस वर्षको राष्ट्रिय प्रविधि पुरस्कार पुनलाई दिने निर्णय गरेको नास्टका प्रवक्ता डा.सुरेशकुमार ढुंगेलले जानकारी दिए ।


उनका अनुसार यस वर्षको विज्ञान पुरस्कार भने युवा वैज्ञानिक उत्तमबाबु श्रेष्ठलाई दिइने भएको छ । विदेशमा रहेका उनी दुई वर्षअघि नेपाल फर्केर काठमाडौँमा संस्था खोलेर अध्ययन तथा अनुसन्धानको काममा लागेका छन् ।

यस्तै प्रकृति संरक्षण कोष पुरस्कार विश्व वन्यजन्तु नेपाललाई, कूलपति राष्ट्रिय नवप्रवर्तद्धन पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई र विज्ञान पत्रकारिता पुरस्कार पत्रकार गोविन्द पोखरेललाई प्रदान गरिने भएको छ । विज्ञान तथा प्रविधि युवा पुरस्कार डा.भेषराज थापा लगायतलाई दिने निर्णय भएको नास्टले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।


Author

थप समाचार
x