समाज

पशुपति क्षेत्रमा यस्ता काम गरे साउन १ गतेदेखि कारबाही

इकागज |
असार २९, २०७९ बुधबार ११:३६ बजे

काठमाडौँ- पशुपति क्षेत्रमा साउन १ गतेबाट ठूलो संगीत बजाएर जुम्मा वा योगा अभ्यास गर्न नपाइने भएको छ । बिहानीको समयमा फुटबल, ब्याडमिन्टन र चर्को संगीत बजाएर शारीरिक अभ्यास गर्न निषेध गरिएको पशुपति क्षेत्र विकास कोषले जारी गरेको सूचना उल्लेख छ ।

पौराणिक तथा ऐतिहासिक धार्मिक स्थलमा मर्निङ वाकको नाममा भिन्न किसिमको गतिविधि भइरहेको कोषले जनाएको छ । कोषका अनुसार मानवीय क्रियाकलापले यस क्षेत्रमा रहेका बाँदर, मृग,पुशपंक्षीहरूलाई समेत प्रभाव परी बाँदर आक्रामक भइ बटुवालाई आक्रमण गरिरहेका छन् ।


सूचनामा लेखिएको छ,' संगीतको चर्को ध्वनीले साधु सन्त र पूजामा समेत असर परेको छ । यस क्षेत्रका ऐतिहासिक धरोहर, संरक्षित सम्पदा तथा बोट बिरुवाहरू र जंगल पनि नष्ट भइरहेका छन् ।'

कोषले जारी गरेको सूचनाको उल्लंघन गरेमा प्रचलित कानून बमोजिम कारबाही हुनेछ ।

 


Author

थप समाचार
x