साउनको पहिलो सोमबार
पशुपतिमा भक्तजनको घुइँचो [फोटो फिचर]
काठमाडौँ - काठमाडौँ - साउनको पहिलो सोमबार (आज) देशभरका शिवालयमा भक्तजनहरूको भिड लागेको छ । काठमाडौँको पशुपति नाथको मन्दिरमा पनि बिहानैदेखि भक्तजनहरूको उल्लेख्य भिड रहेको छ ।
साउन महिना विशेष गरेर आशुतोष भगवान (महादेव) को प्रिय महिना भएकोले साउनको सोमबार विशेष पूजा आराधना गर्ने गरिन्छ । सोमबारका दिन पूजा आराधना र अर्चना गर्नाले मनोवाञ्छित कामना सिद्ध हुने विश्वास रही आएको छ ।
यो वर्ष साउनमा ५ वटा सोमबार परेका छन् । पहिलोपटक व्रत लिनेहरूले ५ वटा सोमबार परेको वर्षमा व्रत बस्नु उचित हुने शास्त्रोक्त कथन छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया