समाज

गोंगबुको विष्णुमती खोलामा १.५ मिटर जलसतह बढ्यो, पानी बस्तीसम्म आउन सक्ने

तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

इकागज |
साउन २, २०७९ सोमबार १५:४१ बजे

काठमाडौं–पछिल्लो एक घण्टादेखि राजधानीको गोंगबुस्थित खोलामा जलसतह बढेको छ । विष्णुमती तथा धोवीखोला जलाधारमा भारी वर्षा मापन भएकाले जतसतह बढेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यो खोलामा १.५ मिटर सतह बढेको छ । सतह बढ्दै जाने अनुमान गरिएकाले तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।


विष्णुमती र धोवीखोलाको पानी किनारको बस्ती र सडक सम्म आउन सक्ने विभागले जनाएको छ ।


Author

थप समाचार
x