पर्साको ठोरी आसपासमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
काठमाडौं - जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले हाल पर्साको ठोरी र आसपासमा भारी वर्षा भइरहेको जनाएको छ ।
भारी वर्षाका कारण खोलामा आकस्मिक बाढी आउने हुँदा वरपरका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
सतर्कतका मध्यान्ह १२ बजेसम्म अपनाउन पर्ने महाशाखाले जनाएको छ ।
‘पर्सा जिल्लाको ठोरी र आसपास पछिल्लो एक घण्टा अतिभारी बर्षा मापन भएको छ । सो क्षेत्र र आसपास भई बहने साना खोलामा आकस्मिक बाढी आउनुको साथै पर्सा जिल्लामा डुवान भइरहने होचा स्थानमा दिउँसो १२ बजे सम्म सतर्कता अपनाऔं,’ महाशाखाले आज विज्ञप्तिमार्फत् भनेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया