घटेनन् मापसे गरेर काठमाडौँ उपत्यकामा सवारी चलाउने
फाइल तस्बिर
काठमाडौँ- काठमाडौँ उपत्यकामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउनेहरु दैनिक एक सयभन्दा बढी करवाहीमा पर्ने गरेका छन् ।
काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो एक सातामा मात्र काठमाडौं उपत्यकामा मापसे गरी सवारी साधन चलाउने ८७६ जना चालक कारवाहीमा परेका छन् ।
काठमाडौँ उपत्यकामा औषतमा दैनिक १२५ जनाभन्दा बढी सवारी चालक मापसे गरी सवारी साधन चलाइरहेको अवस्थामा भेटिने गरेका छन् ।
कार्यालयका अनुसार गत असार २९ गते १०७, ३० गते १४४, ३२ गते १८३, साउन १ गते १३२, २ गते १२०, ३ गते १४० र ४ गते ५० जना सवारी चालकलाई मापसे गरी सवारी साधन चलाएकोमा कारवाही गरिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया