समाज

रामेछापस्थित खिम्ती खोलामा जलसतहले सतर्कता पार गर्‍यो

इकागज |
साउन १०, २०७९ मंगलबार ६:३८ बजे

फाइल तस्बिर

काठमाडौं - रामेछापस्थित खिम्ति खोलामा जलसतहले सतर्कता तह पार गरेको छ । रसनालु जलमापन केन्द्रमा जलसतहले सतकर्ता पार गरेपछि तटीय क्षेत्रका वासिन्दालाई अलर्ट एसएमएस पठाइएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार त्यहाँ थप वर्षा हुने भएकाले जलसतह थप बढ्नसक्ने जोखिम छ । 

सोमबार राति कास्कीको घलेखर्क वर्षामापन केन्द्र र आसपासमा भारी वर्षा मापन भएको छ । घलेखर्क, पुरनचौर, भुर्जुङ खोला र आसपासको कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको महाशाखाले जनाएको छ ।


हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही दक्षिणतिर छ भने पूर्वमा सरदर स्थान आसपासमा रहेको छ ।


Author

थप समाचार
x