भारतीय कांग्रेस नेता राहुल गान्धी हिरासतमा
काठमाण्डौ– भारतीय काँग्रेस नेता राहुल गान्धीलाई दिल्ली पुलिसले हिरासतमा लिएको छ ।
सम्पत्ति शुद्धीकरण मुद्दामा कंग्रेस अध्यक्ष तथा आमा सोनिया गान्धीलाई प्रवर्तन निर्देशनालयले सोधपुछ गरेपछि त्यसको विरोध गर्ने क्रममा प्रहरीले राहुललाई गिरफतार गरेको थियो । सम्पत्ति शुद्धीकरण मुद्दामा गान्धीलाई मंगलबार दोस्रो पटक प्रवर्तन निर्देशनालय ‘ईडी’मा बोलाइएको थियो ।
नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा सोनिया ईडी जाँदैछिन् ।
‘सबै संसदहरु यहाँ महङ्गी र बेरोजगारीको मुद्दामा कुरा गर्दै थिए तर पुलिसले हामीलाई बस्न दिएका छैनन् र हामीलाई हिरासतमा लिदैँ छन् ।’ राहुलले भने ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया