समाज

देशका धेरै ठाउँमा बिहानैदेखि वर्षा, कस्तो रहला आजको मौसम ?

इकागज |
साउन ११, २०७९ बुधबार ६:३७ बजे

 काठमाडौँ - हाल काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार केही ठाउँमा ठूलो वर्षा भएको छ भने केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

प्रदेश १, मधेश, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।    


आज दिउँसो देशभर बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही दक्षिण तिर अवस्थित रहेको छ भने पुर्वमा सरदर स्थानको  आसपासमा रहेको छ ।


Author

थप समाचार
x