भारत जानेको लर्को
फाइल तस्बिर
काठमाडौँ - नेपाल–भारत सीमा नाका जमुनाहा हुँदै भारत जाने नेपालीहरूको संख्या बढ्न थालेको छ । असारे खेतीबाली सकेर दैनिक हजारौं संख्यामा नेपाली नागरिक भारततर्फ जाँदै गरेको दृश्य नाकामा देखिन थालेको हो । धान रोपाईं गरेर नेपालीहरू अय-आर्जनका लागि दैनिक सयौंको संख्यामा भारत जाने गरेका छन् ।
धान रोपाईं गरिसकेपछि स्वदेशमा काम नपाउने र काम पाए पनि उचित पारिश्रमिक नपाउने कारणले दैनिक नेपालीहरू भारत जान बाध्य भएका हुन् । नेपाल भन्दा सहज र ज्याला पनि बढी भएको कारण भारत जाने नेपालीहरूको संख्या बढेको छ ।
पहाडी भेगमा काम पाए पनि दैनिक जोहो गर्न ज्याला नभएको जाजरकोटका शेर बहादुर शहीले बताए । उनले आफ्नो गाँउमा भनेजस्तो काम नपाउने र पाएको कामले परिवार पाल्न नै गाह्रो भएकोले भारत जान लागेको उनले बताए ।
पहिल्यैदेखि भारतको सिमलामा काम गर्दै आएका रामबहादुर विक जेठमा खेती लगाउन घर फर्किएका थिए । खेतीपाती सकेर उनी पुन: भारत फर्किन लागेका हुन् ।
भारतमा आफूले गरेको कामअनुसार पारिश्रमिक पाउने भएका कारण जान लागेको उनले बताए । त्यस्तै सुर्खेतबाट भारत जान लागेका सुरज विकले परिवार पाल्नका लागि नेपालमा गरेको कामले गुजारा नचल्ने भएपछि भारत जान लागेको बताए ।
पछिल्लो समय नेपालका पहाडी जिल्लामा धान रोपाईंको काम लगभग सकिएको छ । भारतमा रोजगारीका लागि पुगेका नेपालीहरू वर्षायामको काम गर्न स्वदेश फर्किए पनि अब विस्तारै पुनः रोजगारीका लागि भारत नै जान लागेका हुन् ।
सुदूरपश्चिमका नेपाल–भारत सीमानाकामा धेरै श्रमिकहरू भारत जाने गरेको पछिल्लो तथ्यांकले देखाएको छ । अहिले दैनिक सयौंको संख्यामा नेपालीहरू रोजगारीका लागि भारत जाने गरेका छन् ।
नेपालमा काम गरेअनुरुपको पारिश्रमिक नपाउनु र काम गरेको पारिश्रमिकबाट घरपरिवारको गुजारा चलाउन नसक्नु उनीहरूका लागि पीडाको विषय बनेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया