प्रेमीको श्रीमतीलाई ५ लाख ६० अमेरिकी डलर तिर्नुपरेपछि…
काठमाडौँ- चीनमा विवाहित पुरुष प्रेमीसँग लिएको ५ लाख ६० हजार अमेरिकी डलर एक प्रेमिकाले उक्त पुरुषको श्रीमतीलाई फिर्ता गर्नुपर्ने भएको छ । चिनियाँ अदालतले प्रेमिकालाई १४ वर्षको अन्तरालमा प्रेमीसँग लिएको उक्त रकम उसको श्रीमतीलाई फिर्ता गर्न आदेश दिएको हो ।
अदालतले विवाहित पुरुषसँगको सम्बन्ध चीनको सार्वजनिक चलन विपरीत भएको ठहर गर्दै उक्त रकम फिर्ता गर्ने आदेश दिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।
लि थर भएकी महिलाले एक अर्की महिलाविरुद्ध आफ्ना श्रीमानले सन् २००८ देखि दिएको ५ लाख ६० हजार अमेरिकी डलर माग गर्दै मुद्दा हालेकी थिइन् । लि र वाङ थर भएका व्यक्ति १९९१ देखि नै विवाहित थिए ।
तर श्रीमानले अरु कसैलाई रकम पठाएपछि आफ्ना श्रीमानको अरु कसैसँग विवाहेत्तर सम्बन्ध रहेको लिले थाहा पाएकी थिइन् ।
वाङले पनि उक्त महिलासँग सम्बन्ध रहेको र १० वर्षको एक छोरा पनि रहेको स्वीकार गरे । रकम दिनुका साथै वाङले उक्त महिलाका लागि सम्पत्ति तथा कार खरिद गरेका थिए ।
अदालतले विवाहित दम्पत्तिको सम्पति दुबैजनाको सहमतिविना खर्च गर्न नपाइने भएको जनाउँदै लिको अधिकार हनन भएको ठहर गरेको छ ।
यता वाङकी प्रेमिकाले भने उक्त रकम छोराको पालनपोषनमा खर्च भएको तथा अदालतले भने बच्चाको सहयोग भन्दा पनि यो सम्पत्तिमाथिको अधिकारको विषय भएको स्पष्ट पारेको छ । तर उनीसँग भने वाङमाथि छोराको रेखदेखका लागि छुट्टै मुद्दा हाल्न पाउने अधिकार रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया