समाज

बालबालिकाले नकिंजु रथ तानेर सुरु गरे भक्तपुरकाे बिस्का जात्रा

इकागज |
चैत २८, २०७७ शनिवार १४:११ बजे

तस्बिरहरू : 'भक्तपुरे' नामक फेसबुक पेजबाट

भक्तपुर : बिस्का पहिलो दिन आज भक्तपुरकाे ताैमढीबाट 'नकिंजु खः' (रथ) तानेर जात्रा सुरु भएकाे छ । भद्रकाली (खुसिं अजिमा) बिराजमान हुने रथलाई स्थानीय भाषामा 'नकिंजु खः' भनिन्छ । स्थानीय बालबालिकाले  यस रथलाई तानेर भक्तपुरकै भाेलाछेँसम्म तानेर लग्दैछन् । 

केही बेरमा भैल ख:(भैरवनाथकाे रथ) पनि तान्‍नकाे लागि तयारी हुँदै छ । बैशाख संक्रान्तिको (खाइसन्हु) को चार दिन अघि तौमढी टोलस्थित भैरब भन्दिरबाट र भद्रकाली टोलस्थित देवघरबाट भैरवनाथ र भद्काली दुबै आ–आफ्नो रथमा बिरजामान हुन्छन् । रथमा बिराजमान भएपछि माथिल्लो टोल (थःनय्) र तल्लो टोल (क्वः न्य) रथ तान्ने परम्परा रहि आएको छ । 


 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Author

थप समाचार
x