भारतबाट फर्किएका कैलालीका कोभिड संक्रमितको मृत्यु
धनगढी : भारतबाट फर्किएका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको गोदावरी नगरपालिका-३ का ५० वर्षीय पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार मृतक फागुनको पहिलो साता भारतबाट आएका थिए । आइतबार निमोनिया कारण अस्पताल भर्ना भएका उनको कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया