समाज

काठमाडौँमा बन्दको प्रभाव न्युन, १७ पक्राउ

इकागज |
भदौ ७, २०७९ मंगलबार ९:१० बजे

काठमाडौं -​ नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ पार्टीले संयुक्त रुपमा घोषणा गरेको नेपाल बन्दको काठमाडौं उपत्यकामा न्यून प्रभाव देखिएको छ। 

बन्द घोषणा गरिएको भनिए पनि मंगलबार उपत्यकामा सामान्य रुपमा नै सवारीका साधनहरू निर्वाधरूपमा आवतजावत भइरहेका छन्। सडक र चोकहरूमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो छ। 


काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सवारीका साधनहरु अन्य दिनजस्तै सामान्य रुपमा निर्वाध चलिरहेको जानकारी दिएको छ। 

उता, नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार बन्द गराउँदै हिँड्न खोज्ने १७ जनालाई पक्राउ परेका छन ।। 


Author

थप समाचार
x