समाज

लागूऔषधसहित दुई व्यक्ति पक्राउ

इकागज |
चैत ३०, २०७७ सोमबार १८:४३ बजे

काठमाडौं :  प्रहरीले लागू औषधसहित दुई जना व्यक्तिलाई चन्द्रागिरी नगरपालिका- २ नागढुंगाबाट पक्राऊ गरेको छ । प्रहरीका अनुसार, बारा कलैया उपमहानगरपालिका- ४ का १९ वर्षीय धर्मेन्द्र माझीलाई सोमबार बिहान लागूऔषध ३ सय एम्पुल डाईजेपाम, ३ सय एम्पुल फेनारागन र ३ सय एम्पुल नुर्फिनसहित पक्राउ गरेको हो । 

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले कलैयाबाट काठमाडौं बस जाँच गर्ने क्रममा धर्मेन्द्रलाई लागूऔषधसहित पक्राउ गरेको हो । त्यसैगरी नागढुंगाबाट ५ सय ४० ट्याब्लेट लागूऔषध नाईट्राभेटसहित सर्लाही हरिहरपुर नगरपालिका- ४ का बासिन्दा २३ वर्षीय यज्ञबहादुर श्रेष्ठ पक्राउ परेका छन् । सर्लाहीबाट काठमाडौं बस जाँच गर्ने क्रममा श्रेष्ठ पक्राउ परेका हुन् । प्रहरीले दुवै घटनाबारे विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ । 



Author

थप समाचार
x